Home फिल्म बलिउड ‘केजीएफ २’ को रिलिज मिति घोषणा

‘केजीएफ २’ को रिलिज मिति घोषणा

बलिउड स्टार सञ्जय दत्त र साउथ स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ ।

चलचित्र सन् २०२१ को जुलाई १६ अर्थात २०७८ सालको श्रावन १ मा रिलिज हुने भएको छ । अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

केहि समय अगाडी चलचित्रको तिजर रिलिज भएको थियो जुन दर्शकहरुले निकै मन पराईरहेका छन्। यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि व्यग्र प्रतीक्षामा छन् ।

ट्वीटर ह्यान्डलमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक सार्वजनिक गर्दै सञ्जयले लेखेका छन्, “केजीएफ २, १६ जुलाई २०२१ मा वर्ल्वाइड रिलिज हुँदै छ ।” यस्तै, अभिनेता यशले पनि लेखेका छन्, “तपाइँको सिटबेल्ट टाइट गर्नुहोस्, किनभने रिलिज मिति पक्का भइसकेको छ ।”

यो सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को सिक्लेल हो, जुन निकै हिट भएको थियो ।प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफ : च्याप्टर २’ कन्नड, हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज हुनेछ ।
चलचित्रमा सञ्जय र यशका साथै रवीना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी महत्वपूर्ण भूमिकामा छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read