Homeअन्तर्राष्ट्रियलकडाउन उल्लंघन गर्दै प्रेमिकाको जन्‍मदिन मनाउन गएकोमा रोनाल्डोमाथि अनुसन्धान

लकडाउन उल्लंघन गर्दै प्रेमिकाको जन्‍मदिन मनाउन गएकोमा रोनाल्डोमाथि अनुसन्धान

विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रेमिकाको जन्मदिन मनाउन लकडाउन उल्लंघन गर्दै यात्रा गरेकाले इटालीको प्रहरीले उनीमाथि अनुसन्धान गरेको छ ।

ईटालीमा कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गरेको भन्दै उनीमाथि इटालीको प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । उनले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको बताइएको छ ।

रोनाल्डो आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजको २७ औं जन्मदिन मनाउन एक माउन्टेन रिसोर्ट पुगेका थिए । जहाँ जोडीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । तर मिडियामा उनीहरुबारे समाचार आउन थालेपछि अहिले उक्त फूटेज भने अहिले हटाइएको छ ।

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित प्रमुख देशमध्ये इटाली पनि एक हो । जहाँ हरेक दिन कोभिडका कारण सयौंको मृत्यु हुनुका साथै हजारौँ संक्रमित हुने गरेका छन् ।कोरोना महामारी फैलिन थालेको प्रारम्भिक चरणमा इटाली नराम्ररी प्रभावित बनेको थियो । पछिल्लो समय यहाँ महामारी सुरुका दिनमा झैँ तिब्र रुपमा फैलिन सकेको छैन ।

रोनाल्डो आफैँलाई पनि कोभिड संक्रमण भइसकेको थियो । संक्रमित हुनुअघि पनि उनी पोर्चुगलको यात्रा गरेकोमा आलोचित बनेका थिए ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read