सागर लम्साल ‘बले’ को ट्विन्स गर्ल प्रिज्मा प्रिन्सी संग नयाँ म्युजिक भिडियो रिलिज भएको छ। बलेको आफ्नै युट्युब च्यानल “Bale Entertainment ” नामक युट्युब च्यानलबाट शुक्रबार गीत रिलिज भएको हो।
हरि गिरि ‘बिमर्शी’ र बबिना किरातीको स्वरमा रहेको गीतमा शब्द संगीत गायक स्वयम् बिमर्शी कै रहेको छ। गीतमा कृष्ण भान्जाको एरेन्ज रहेको छ भने सुकुराम रसायालीको मिक्सिंग तथा मास्टरिङ्ग रहेको छ। सुबोल थापाको कोरियोग्राफी रहेको म्युजिक भिडियो गम्भीर बिष्टले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको सिनेमाटोग्रफ़ि रहेको छ। भिडियो नविन निरौलाले सम्पादन गरेका छन्। म्युजिक भिडियो बलेको आफ्नै लगानीमा निर्माण भएको हो।
यो भन्दा अगाडि थुप्रै म्युजिक भिडियोमा संगै काम गरेका बले र ट्विनि गर्लकि प्रिज्मा बिच प्रेम चर्चा पनि बजारमा सुन्न पाईन्छ।