Home समाचार इन्फ्रास्ट्रक्चरको शेयर बाँडफाँट शुक्रबार पक्का,सबैको भागमा ५० कित्ता र भाग्यमानीले ६० कित्ता...

इन्फ्रास्ट्रक्चरको शेयर बाँडफाँट शुक्रबार पक्का,सबैको भागमा ५० कित्ता र भाग्यमानीले ६० कित्ता पाउने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट शुक्रबार हुने भएको छ ।

कम्पनीले बुधबार गरेको आईपीओको प्रि-अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ । कुल आवेदकमध्ये ६ हजार २ सय ७६ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द भएको छ ।यो अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) ५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने भएका छन् ।

१० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै सेयर पाउने जानकारी दिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरूमा गोलाप्रथाद्वारा बाँडफाँट गरिनेछ । आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read