Home समाचार धुर्मुस सुन्तली फाउन्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

धुर्मुस सुन्तली फाउन्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

भरतपुर महानगरपालिका २० मा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई भरतपुर महानगरले थप ४ करोड दिएको छ ।

बुधबार महानगरपालिकाको कार्यलयमा महानगरपालिकाकी मेयर रेणु दाहालले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ४ करोडको चेक हस्तान्तरण गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणार्थ महानगरको आन्तरिक श्रोतबाट पटकपटक गरि जम्मा ८ करोड दिएको जानकारी गराईन।

चेक ग्रहण गर्दै धुर्मुसले प्राप्त सहयोगले रंगशालाको काम अगाडी बढाउन थप सहज हुने कुरा बताए। स्थानीय सरकार तथा जनताको सहयोगबाट नै सबैको सपना साकार हुने बताए।

जनस्तरबाट निर्माण हुन लागेको रंगशाला निर्माणार्थ महायज्ञ पनि लगाईएको थियो तर कबुल गरिएका रकम अझै प्राप्त नभएको पनि धुर्मुसको गुनासो छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read