कमेडी च्याम्पियनको प्रमोसनल गीत सार्वजनिक (भिडियो सहित )

0
273

कमेडी रियालिटी शो “कमेडी च्याम्पियन” को प्रमोस्नल ओ एस टि गीत सार्वजनिक भएको छ।

कमेडी च्याम्पियन सिजन २ प्रसारणको पुर्वसन्ध्यामा “कमेडी च्याम्पियन” को प्रमोस्नल ओ एस टि गीत ओ एस आर डिजिटल युट्युब च्यानल बाट गीत रिलिज भएको हो। अंकित बाबु अधिकारिको स्वरमा रहेको गीत हर्क साउदले लेखेका हुन्। कुशल सिंहको एरेन्ज रहेको उक्त गीतमा मिक्सिंग तथा मास्टरिङ्ग शार्दुल श्रेष्ठको रहेको छ।

कमेडी च्याम्पियनका महत्वपुर्ण पलहरु जोडेर माधव बेल्वास्सेले भिडियो सम्पादन गरेका छन्। भिडियोलाई थप शसक्त बनाउन हिमेश पन्त, सुमन कोईरला, बिष्णु गौडेलको थप अभिनय रहेको छ।

कमेडी च्याम्पियन सिजन २ यहि फेब्रुअरी ६ देखि कान्तिपुर टेलिभिजनबाट तथा कान्तिपुर एफ एम बाट प्रसारण हुदै छ।
साथै कार्यक्रम ओ एस आर युट्युब च्यानलबाट लाईभ हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here