Home समाचार यस्तो बन्दै छ कमेडी च्याम्पियन सिजन २ को सेट

यस्तो बन्दै छ कमेडी च्याम्पियन सिजन २ को सेट

फेब्रुअरी ६ तारिखबाट सुरु हुने कमेडी च्याम्पियन सिजन २ को सेटको काम लगभग सकिएको कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारीले जानकारी दिएका छन्। सेट राजु एल डि ले तयार पारेका हुन्।

बिशाल भण्डारीका अनुसार यसपालीको सेट परिमार्जित र भब्य छ । उनी भन्छन ,”गत वर्षभन्दा सेटमा मात्रै १५–२० लाख बढी खर्च भएको छ, पोहोर साल गर्न नसकेको काम यसपाली राजु जी ले गरेर देखाईदिनुभएको छ” ।

फेब्रुअरीको पहिलो साताबाट टेलिभिजनमा प्रशारण सुरु हुनेछ । कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ । ओएरआर डिजिटलबाट पनि सोही समय प्रत्यक्ष लाइभ हुने छ । कार्यक्रम शनिबार र आइतबार प्रशारण हुने छ।

हाल कार्यक्रमका प्रोमो , केहि प्रतिस्पर्धीका फिजिकल अडिसन तथा जज प्रोमोहरु युट्युबमा भैरहेका छन्।

केहि समय अघि कमेडियन च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा ईण्डियन युट्युबरको कन्टेन्ट चोरी गरि अडिसन दिदा गोल्डेन कि पाएका प्रतिस्पर्धीको ब्यापक बिरोध पछि उक्त प्रतिस्पर्धीलाई शो बाटै हटाई उक्त ठाउमा नयाँ प्रतिस्पर्धीलाई शो मा स्थान दिएको थियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read