Home समाचार इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ यसै साता बाँडफाँट हुने , कति कित्ता पर्ला त...

इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ यसै साता बाँडफाँट हुने , कति कित्ता पर्ला त ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपिओ यसै साता बाँडफाँट हुने भएको छ।

निफ्राको आईपिओ निष्काशन तथा बिक्रि प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले शुक्रबार नै बाँडफाँटका लागि आवश्यक तयारी गरिरहको जानकारी गराएको छ। सकेसम्म शुक्रबार नै बाँडफाँट हुने नत्र शनिवार बाँडफाँट गर्ने तयारि रहेको छ।

नेपाली शेयर बजारको हालसम्मको ईतिहासमै सबैभन्दा ठुलो संख्यामा निस्केको आईपिओको बाँडफाँटमा धेरैको चासो छ। ठुलो संख्यामा निष्कासित शेयर भर्ने जति सबैलाई पर्नेछ। तर कति कित्ता पर्छ भन्ने चाहिँ सबैको चासोको बिषय रहेको छ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ ।

तर कतिपय आवेदनकर्ताले ५० कित्ता भन्दा नि थोरै आवेद्दन दिएका कारण ठ्याक्कै यत्ति नै कित्ता पर्छ भनेर अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read