Home समाचार रविले छाडेपछि "सिधा कुरा जनतासंग" कार्यक्रमलाई युट्युबमा लाईक भन्दा दोब्बर डिस्लाइक

रविले छाडेपछि “सिधा कुरा जनतासंग” कार्यक्रमलाई युट्युबमा लाईक भन्दा दोब्बर डिस्लाइक

न्युज २४ टेलिभिजनबाट गत आइतबार प्रशारण भएको सिधा कुरा जनतासंगको कार्यक्रमको युट्युबमा लाईक भन्दा डिस्लाईक लगभग दोब्बर आएको छ।

अघिल्ला कार्यक्रम प्रस्तोता रबि लामिछानेले न्युज २४ टेलिभिजन छाडेपछि सिधा कुरा जनतासंग कार्यक्रममा नयाँ प्रस्तोताले कार्यक्रम चलाउँदा युट्युबमा लाईक भन्दा डिस्लाईक दोब्बर आएको हो।

६४२ औं भाग चलाईसकेपछी रबि लामिछाने सिधा कुरा जनतासंगको प्रस्तोताको रुपमा बाहिरिए संगै ६४३ औं भागदेखी प्रस्तोताको रुपमा सम्झना भुजेल भित्रीएकी छन। प्रत्येक आइतबार,मंगलबार र बिहिवार प्रसारण हुने कार्यक्रम अबका भागहरु सम्झनाले चलाउने छिन।

आईतबार बेलुका ८:५० बजे प्रसारण भएको सम्झनाको सिधा कुरा जनतासंग कार्यक्रमको युट्युब प्रसारणको कमेन्टमा रबि लामिछाने समर्थकहरुले कार्यक्रम प्रती नकारात्मक कमेन्टहरु पनि गरेका छन।

पछिल्लो समय रबिले छाडिसकेपछि सिधा कुरा जनतासंग कार्यक्रम थोरै बिवादमा पनि तानिएको छ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read