HomeUncategorizedदेशको राजनीति सफा गर्छौ भन्नेहरु सडक फोहोर बनाएर गए

देशको राजनीति सफा गर्छौ भन्नेहरु सडक फोहोर बनाएर गए

माघ ९ गते नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड- माधव गुटले राजधानीमा बृहत शक्ति प्रदर्शन गर्यो। उपत्यका लगायातका छिमेकी जिल्लाहरुबाट आफ्ना कार्यकर्ता भेला पारेर विभिन्न ९ स्थानबाट र्याली निकाली काठमाडौँको भृकुटीमण्डपमा विशाल जनसभा समेत गर्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेको विरोधमा उक्त विरोधसभा गरिएको थियो। आफ्ना निजि स्वार्थका लागि जनतालाई बलिको बोको बनाउने प्रथा हरेक पार्टी अनि तिनका नेताहरुको स्वभाव नै हो। जनतालाई पर्दा कान नसुन्ने नेता आफु शक्ति र सत्ता बाहिर हुदा चाहि खुबै नेपालि जनता, नेपाली जनताका लागी, नेपाली जनताको रक्षाका निमित्त भनेर कुर्लिने गर्दछन। अचम्मको देशभक्ति अनि नेपालीहरुप्रती मायाभाव पलाउछ नेताहरुमा।

विभिन्न ठाँउहरुबाट र्याली निक्लेर भृकुटीमण्डपमा सबै हुल पुगेपछि जनताका नाममा बोलाईएका कार्यकार्ता सडक मै पलेटी मारेर बसे भने ठुला भनाउदा नेताहरु मंचमा राखिएका बडेमानका सोफामा बसे। मंचमा आसिन नेताहरु एकपछि अर्को गर्दै भाषणको नाममा गाली गलौचमा उत्रीन थाले यता भिड देखाउन कै लागि जम्मा पारिएका जनता माघको पारिलो घाममा बदाम सुन्तला खान थाले। बिचरा कति मानिहरु त् तत्काल अथवा सुन्दर भविष्यको झुठो आश्वासनमा भोकभोकै कति टाढादेखि कोचाकोच बसमा नेताहरुको ठाडो आदेशमा उतारिएका थिए होलान।

उता मंचमा नेताहरुले अनावश्याकको गालि गलौचले ध्वानी प्रदुषण गरिरहेका थिए भने यता कार्यकर्ताहरुले बदाम र सुन्तलाको बोक्राले सडक प्रदुषण। चर्किला भासण गरेर नेपाली राजनीति सफा गर्ने नेताहरुको कार्यक्रम सकियो। नेताहरु संगसंगै कार्यकर्ताहरु त उठे तर ति बदामका खोस्टा, सुन्तलाका बोक्रा, पानीका बोत्तल, प्लास्टिकहरु, कागजहरु र फोहोर गर्नु हुदैन फोहोर गरिसकेपछि सफा गर्नुपर्छ भन्ने तिनीहरुको दिमागमा कहिल्यै उठेन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read