Home समाचार रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल खोल्ने

रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल खोल्ने

पत्रकार रबि लामिछानेले माघ ८ विहिवारका दिन आफ्नो लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगको अन्तिम इपिसोड चलाएर न्युज २४ च्यानलबाट विदा लिएका छन।

अन्तिम कार्यक्रमपछि न्यूज २४ च्यानलबाट बाहिरिँदै गर्दा लामिछानेले आगामी वैशाखदेखि आफ्नो नयाँ टेलिभिजन च्यानल प्रसारण हुने संकेत दिएका छन ।

लामिछानेले सञ्चालन गर्ने च्यानलको नाम ग्यालेक्सी टेलिभिजन हुनेछ, जसको स्टेशन तथा कार्यलय बालुवाटारमा रहेको समेत जानकारी बाहिरिएको छ ।उनले आफ्नो नयाँ टेलिभिजन च्यानलबाट सिधा कुरा जनतासंगको विकल्पमा ‘द लिडर’ शीर्षकको नयाँ कार्यक्रम लिएर दर्शकमाझ आउने जनाएका छन् ।यसअघि “द लिडर ” नामक शो न्युज २४ टेलिभिजनबाट प्रशाराण हुने कुरा थियो।

बिहिबार राति पत्रकारहरुसंग कुराकानी गर्दै रविले भनेका छन्–‘नियम बदलिएला, नीति बदलिएला तर मेरो नियत बदलिने छैन । यदि मेरो नियत बदलियो भने जहाँ भेट्यो त्यहा ढुगांले हान्नु होला । मैले यो जूनिलाई पुग्ने माया पाएको छु । म सौभाग्यशाली मान्छेको रुपमा आफूलाई पाएको छु । दर्शकबाट फूल पाएको छे, त्यसको इज्जत राख्ने छु ।’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read