Home समाचार सन्दुक रुइत सहित थप २ जना विशेषज्ञ भिजन एक्सलेन्स अवार्डबाट सम्मानित

सन्दुक रुइत सहित थप २ जना विशेषज्ञ भिजन एक्सलेन्स अवार्डबाट सम्मानित

भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइतलगायत दुई विशेषज्ञलाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पोख्रेल र डा. गोपालप्रसाद पोख्रेल छन् ।

उनीहरुलाई पूर्वराष्ट्रपति रामवरण यादवले अवार्ड प्रदान गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा पूर्वरास्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गरे। उक्त कार्यक्रममा नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्त्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा. सन्दुक रुइत तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन् । प्रा.डा. रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापकमध्येका एक हुन् । त्यसैगरी डा. गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read