Home खेलकुद दिल्लीबाट रिलिज भएपछि यस्तो स्टाटस लेख्दै सम्झिए सन्दीपले आइपिएललाई

दिल्लीबाट रिलिज भएपछि यस्तो स्टाटस लेख्दै सम्झिए सन्दीपले आइपिएललाई

तीन वर्ष अघि सन २०१८ को सिजनमा दिल्ली क्यापिटल (तत्कालीन दिल्ली डेयरडेभिल्स) ले २० लाख भारतीय रुपैयाँमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो टोलीमा भित्र्याएको थियो। तीन वर्षको सम्झौता सकिएछि यस सिजन दिल्लीले सन्दीपलाई रिलिज गरेको छ। रिलिज भैसकेपछि सन्दिपले सामाजिक संजालहरुमा पोस्ट गर्दै दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन्।

सन्दिप लेख्छन,
‘आइपिएलले मलाई धेरै नै दिएको छ । विशेष गरी दिल्ली क्यापिटल्सले मलाई विश्वास गर्यो र मलाई ब्रेक दियो’,’सबै दिल्ली क्यापिटलस परिवारलाई धेरै-धेरे धन्यवाद दिन्छु । तीन वर्ष निकै यादगार रह्यो ।’ साथै उनले दिल्लीका पूर्व सिइयो हेमन्त दुआको नामै लिएर उनलाई धन्यवाद दिएका छन्।

बिग बास लिग खेल्नका लागि अहिले अस्ट्रेलियामा रहेका सन्दीपले बिहीबार साँझ ट्विटरमा , फेसबुक र ईन्स्टाग्राममा पोस्ट गरी आफ्नो पूर्व क्लबलाई धन्यवाद व्यक्त गरेका हुन्।

आफूलाई पहिलो पटक टिममा लिएकोमातत्कालीन दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआप्रति उनले विशेष आभार प्रकट गरेका छन् ।

आइपिएलमा दिल्लीले लिनु सन्दीपको जीवनका लागि ठूलो टर्निङ प्वइन्ट हुनपुग्यो । दिल्लीले आईपिएलमा लीइसकेपछि उनले विश्वका सबैजसो ठूलो फ्रेन्चाइज लिगमा सन्दीपले खेल्ने मौका पाइरहेका छन् ।

सन २०१८ र २०१९ को सिजनमा गरी सन्दीपले आइपिएलका ९ खेलमा सहभागी हुने मौका पाएका थिए । त्यसमा उनले १३ विकेट लिन सफल भएका थिए । कोरोनाका कारण करिब ६ महिनापछि दुबईमा भएको २०२० को आइपिएलमा सन्दीप बेञ्चमै सीमित भए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read