Home समाचार अवैध रुपमा सगरमाथा पुगे जी न्यूजका प्रतिनिधि

अवैध रुपमा सगरमाथा पुगे जी न्यूजका प्रतिनिधि

भारतीय च्यानल, जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरी नेतृत्वको टोलीले अबैध रूपमा सगरमाथा राष्टि्रय निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृति नै नलिई जी न्यूजको प्रतिनिधिमण्डल निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेको पाइएको हो ।

सुधीरले सिम्रिक एयरको हेलिकप्टरमा सगरमाथाको आधार सिविर उत्रदै अवैध रुपमा प्रवेश गरेर नेपालको सार्वभौमिकता एवं सर्वाेच्च शिखरको बारेमा विवादास्पद सामग्री तयार पारि प्रशारण गरेका थिए। यस्तो काममा सहयोग गरेको भन्दै विभागले सिमि्रक एयरविरुद्ध कारबाही प्रकि्रया अघि बढाउने तयारी गरेको छ। सो रिपोर्टमा उनले सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएका थिए ।चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

चौधरीले रिपोर्टमा भारतले माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर स्वामित्व दाबी गर्नुपर्ने बारेमा अभियान चलाएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार प्रवेश शुल्क, हेलिकप्टर ल्याण्डिङ शुल्क नतिरिएको मात्रै होइन, निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्न अनुमति समेत लिइएको पाइएन। त्यसैले विना अनुमति निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्याण्डिङ गराएकोमा सिम्रिक एयरलाई कारबाही गर्न छलफल भएको जनाएको छन्।

तर चौधरीको समूह र सिम्रिक एयरलाई समेत प्रवेश अनुमति नदिइएकोले जी न्युजको टोलीको कालापत्थरको भ्रमण अवैध ठहरिएको राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

उक्त रिपोर्ट प्रसारण पछि नेपाल तथा नेपाली पत्रपत्रिकामा ब्यापक बिरोध पछि उनले भारतले सगरमाथा माथी दावा टोक्न नखोजेको प्रस्ट पारेका छन्। सगरमाथा नेपालको हो नेपाली रहनेछ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read