Home समाचार अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल)लाई सहज बनाइने भएको छ । ट्रायलमा नम्बर दिँदा ६० वा त्योभन्दा बढी अंक ल्याउने व्यक्तिले सवारीसाधन सञ्चालन गर्ने अनुमतिपत्र (लाइसेन्स) लिन योग्य मानिने गरी कानुनी व्यवस्था संशोधन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ ।

कानुनी व्यवस्थालाई संशोधन गरेर ट्रायल परीक्षामा समावेश सबै प्राविधिक पक्षको निश्चित अंकभार दिइनेछ । सबै अंकभारलाई समेटेर कुल सय पूर्णांक कायम गरिनेछ । प्रयोगात्मक परीक्षा दिनेले ट्रायल दिने स्थानमा सबै प्रक्रिया पूरा गरेपछि तोकिएको अंकभारअनुसार नम्बर पाउनेछन् ।

यातायात व्यवस्था विभागका अनुसार यू टर्न गर्दा, ट्राफिक लाइट टेस्ट गर्दा, स्पिड ब्रेकर टेस्टजस्ता विभिन्न टेस्टलाई कठिनताका आधारमा अंकभार दिइनेछ । यसरी ट्रायल पूरा गर्दा कुनै टेस्ट पास गर्न नसकेको खण्डमा पनि न्यूनतम ६० अंकभार पार गरेमा सवारीसाधनको लाइसेन्स लिन योग्य मानिनेछ ।

हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read