Home फिल्म 'म त मर्छु कि क्याहो' निर्माण गर्दै धुर्मुस सुन्तली

‘म त मर्छु कि क्याहो’ निर्माण गर्दै धुर्मुस सुन्तली

चर्चित हाँस्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) ले नयाँ सिरिज निर्माण गर्ने भएका छन् ।

धुर्मुसले शनिवार सामाजिक सञ्जालमा टाइटल पोस्टर सार्वजनिक गर्दै  ‘म त मर्छु की क्या हो’ निर्माणको घोषणा गरेका हुन l सुबिहानी फिल्मस् ब्यानरको प्रस्तुति रहने पोस्टर सार्वजनिक गर्दै धुर्मुसले कमिङ सुनको ट्याग दिएका छन् ।

धुर्मुस सुन्तली जोडी लामो समय हाँस्य टेलिशृंखला मेरी बास्सै चलाएर पछिल्लो समय सामाजिक काममा अग्रसर थिए। यसबीच यो जोडीले सेन्टी भाइरस नामक चलचित्र यो भन्दा पहिले नै निर्माण गरिसकेको हो। उक्त चलचित्रले खास्सै राम्रो प्रतिक्रिया पाएन।

यतीबेला धुर्मुस सुन्तलीको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ l

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read