Homeसमाचारईण्डियन युट्युबरको कन्टेन्ट हुबहु कपि गरिएको प्रस्तुतीमा तपेश्वरले जिते "गोल्डेन कि"

ईण्डियन युट्युबरको कन्टेन्ट हुबहु कपि गरिएको प्रस्तुतीमा तपेश्वरले जिते “गोल्डेन कि”

कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा तपेश्वर सिंहले एक ईण्डियन युट्युबरको कन्टेन्ट हुबहु कपि गरि “गोल्डेन कि” जितेका छन्।ईमान्दार नेताको बारेमा दिइईएको उक्त प्रस्तुती ईण्डियन युट्युबर “सतिस रे” नामक युट्युब च्यानलबाट सन् २०१९ नोभेम्बर २७ मा अपलोड गरिएको कन्टेन्ट संग लगभग सतप्रतिशत मिल्दोजुल्दो छ।

तपेश्वरको फिजिकल अडिसनको भिडियो युट्युब तथा फेसबुकमा अपलोड गरिएपछि थुप्रै जनाले अर्कैको कन्टेन्ट चोरि गरि प्रस्तुति दिएको भन्दै कमेन्ट हानेपछि कमेडी च्याम्पियन परिवारले पनि ध्यानाकर्षण जनाएको छ।

ध्यानाकार्षण जनाउदै कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजमा लेखिएको छ,”कमेडी च्याम्पियन सिजन २ का एक कमेडीयनको अडिसनको कन्टेन्ट एक युटूवरको कमेडी कन्टेन्टसंग मेल खान गएकोमा कमेडी च्याम्पियन परिवारको गम्भीर ध्यान आकर्षण भएको छ।यसलाई लिएर हाम्रो टिमका बिच छलफल जारी छ र सिघ्र उचित कदम चालिने छ। कमेडी च्याम्पिनलाई लिएर यहाँहरूको सदासयता, माया र चासो प्रति आभारी छौं। आगामी दिनमा पनि तपाईंहरूको यस्तै सल्लाह, सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्दछौं।
#ComedyChampion #CCS2″

आधिकारिक फ़ेसबुकबाट गरिएको पोस्ट जजहरुले शेयर गर्दै गम्भीर ध्यान आकर्षण भएको र टिमका बिच छलफल जारी छ र सिघ्र उचित कदम चालिने भन्दै सदासयता, माया र चासो प्रति आभार प्रकट गरेका छन। a

भदौ १५ गतेबाट सुरु गरेर असोज ३० सम्म लिइएको डिजिटल अडिसनमा ६ हजारभन्दा धेरै सहभागी थिए। डिजिटल अडिसनबाट छनोट भएर आएका १८० जनाको फिजिकल अडिसन पुसको पहिलो हप्ता काठमाडौंमा लिएको थियो ।

सो फेब्रुअरी ६ बाट कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ । ओएरआर डिजिटलबाट पनि सोही समय लाइभ हुने छ ।

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read