Homeसमाचारसदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा ओली निकट मन्त्री पठानसिंह बोहोरा बर्खास्त

सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा ओली निकट मन्त्री पठानसिंह बोहोरा बर्खास्त

१४ पुस धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनको प्रभाव प्रदेश सरकारहरुमा थपिँदै गएको छ । सोही प्रभावस्वरुप सदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आफ्ना एक मन्त्रीलाई बर्खास्त गरेका छन् ।नेकपाको प्रचण्ड–नेपाल निकट मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरालाई आज बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री र सरकारविरुद्ध गतिविधि गरेको भन्दै बोहरालाई संवैधानिक पदमुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिएका छन् । भट्टले सो स्थानमा प्रचण्ड–नेपाल निकट सांसदलाई नै मन्त्री बनाउन लागेको उनका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read