Homeसमाचारदाङबाट सल्यान जादै गरेको बस भेरी नदीमा खस्यो, एक जनाको मृत्यु

दाङबाट सल्यान जादै गरेको बस भेरी नदीमा खस्यो, एक जनाको मृत्यु

२३ पुस, काठमाडौं । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । उनका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read