Home समाचार छोरी जन्मने आशामा १३ छोरा जन्माएका दाम्पत्ती भन्छन्, छोरी नजन्मेसम्म रोकिदैनौं

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दाम्पत्ती भन्छन्, छोरी नजन्मेसम्म रोकिदैनौं

ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।

फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् । यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read