Home समाचार ५२२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

५२२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

२१ पुस काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय २२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५ सय ७८ संक्रमित निको भएका छन् ।


हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ छ ।  पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ । मन्त्रालयका अनुसार ५ हजार २ सइ २५ जना आइसोलेसनमा छन् । ३ सइ ४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५७ हजार ४ सइ ५४ पीसीआर परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read