Homeम्युजिक भिडियोपल र रेश्मा 'क्या मज्जा आको' भन्दै नाँच्दै

पल र रेश्मा ‘क्या मज्जा आको’ भन्दै नाँच्दै


मेलिना राई र राजनराज सिवाकोटीको स्वरमा ‘क्या मज्जा आको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतमा राजनराजकै शब्द र संगीत रहेको छ भने नाट्य शैलीमा निर्माण गरिएको म्युजिक भिडिओमा पल शाह र रेश्मा घिमिरेले अभिनय गरेका छन्।

पल शाह र रेश्मा संगै भिडिओमा हास्य अभिनेता तथा निर्देशक निर्मल शर्मा (गैंडा) पनि देखिन्छन्। नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्। भिडिओ उनकै कन्सेप्ट र कोरिओग्राफीमा तयार भएको हो।

‘क्या मज्जा आको’मा सुवोल थापाले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्। भिडिओ सम्पादन नविन निरौलाले गरेका हुन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read