Home समाचार काठमाडौंमा छिटफुट वर्षा, दिनभर यस्तै रहने विभागको अनुमान

काठमाडौंमा छिटफुट वर्षा, दिनभर यस्तै रहने विभागको अनुमान

२० पुस काठमाडौं । काठमाडौंसहित मुलुकका विभिन्न पहाडी भूभागमा बिहानीपख छिटफुट वर्षा भएको छ । मौसम विभागले दिएको जानकारीअनुसार पश्चिमी वायुको प्रभावका कारण देशैभर मौसममा बदली आएको हो ।


मौसमविद् समीर श्रेष्ठका अनुसार उच्च हिमाली भूभागमा हिउँ परेको छ भने काठमाडौंसहित देशैभरका बाँकी भूभागमा मौसम बदली भइरहेको छ । काठमाडौंसहित अन्य केही पहाडी भूभागमा पनि आज छिटफुट वर्षा हुने अनुमान विभागको छ । बुधबारसम्मै मौसमको अवस्था यस्तै रहन सक्ने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read