Home समाचार दाङमा बस दुर्घटना, १९ जना घाइते

दाङमा बस दुर्घटना, १९ जना घाइते

२० पुस,  । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए । घाइतेहरूको हातखुट्टामा चोट छ ।

घाइते सबैको उद्धार गरिसकिएको र उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read