Home समाचार संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड

संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड

५ पुस  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन्।आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

प्रचण्डका प्रेस सल्लाहकारविष्णु सापकोटाले  प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको र आफूहरु खुमलटार फर्किँदै गरेको जनाकारी दिए। ‘प्रधानमन्त्रीले अध्यक्षज्यूसँग भेट्न मान्नुभएन, हामी खुमलटार फर्कंदै छौँ’, सापकोटाले भने। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read