Home समाचार शुक्रबारदेखि सवारीमा जोर–बिजोरको नियम नलाग्ने, सार्बजनिक र नीजि गाडी निर्बाध गुड्न पाउने

शुक्रबारदेखि सवारीमा जोर–बिजोरको नियम नलाग्ने, सार्बजनिक र नीजि गाडी निर्बाध गुड्न पाउने

 काठमाडौं । सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै  सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।
महासंघका महासचिव सरोज सिटौला लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजार हट्नु सकारात्मक भएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read