Home फिल्म बलिउड होटलको कोठामा अभिनेत्रीको शव भेटिएपछि श्रीमान पक्राउ

होटलको कोठामा अभिनेत्रीको शव भेटिएपछि श्रीमान पक्राउ

३० मंसिर, काठमाडौं । दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका विजे चित्रा केहि दिन अघि एक होटलको कोठामा मृत पाइएकी थिइन् । करिब ६ दिनको अनुसन्धानपछि चित्राका श्रीमान् हेमनाथलाई पक्राउ गरिएको छ ।

स्रोतका अनुसार चित्राका श्रीमानले टिभी सिरियल र अन्य कार्यक्रममा इन्टिमेट सिन दिएको भन्दै श्रीमतीलाई गाली गरेका थिए । प्रहरीले आत्महत्याका लागि उक्साएको आरोपमा हेमनाथलाई पक्राउ गरेको हो । चित्राकी आमाले उनकी छोरीको मृत्युका लागि उनका श्रीमान् जिम्मेवार भएको आरोप लगाएकी थिइन् । भिजे चित्रा सिरियल पान्डिउन स्टोर्सका लागि परिचित छिन् ।

उनी लामो समयदेखि उक्त सिरियलमा मुलईको भूमिका निर्वाह गरिरहेकी छिन् । उक्त कार्यक्रममा उनी यति चर्चित भएकी थिइन् कि मानिसहरुले उनलाई मुलई भनेर नै चिन्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read