Homeसमाचारपशुपतिनाथ मन्दिर पौष १ गते बुधबारदेखि सर्वसाधारणकाका लागि खुल्ला, आज क्षमा पुजा...

पशुपतिनाथ मन्दिर पौष १ गते बुधबारदेखि सर्वसाधारणकाका लागि खुल्ला, आज क्षमा पुजा हुँदै

कोरोना महामारीका कारण झन्डै ८ महिनादेखि बन्द रहेको हिन्दु धर्मावलम्बीहरुको मुख्य तिर्थस्थल पशुपतिनाथ मन्दिर निकै लामो समयदेखि सर्वसाधारणका लागि मन्दिर प्रवेश बन्द गरिएको थियो।

लामो समय देखि बन्द रहेको मन्दिरमा आज बिहान क्षमा पूजा गरिँदै छ ।बन्द गर्नु परेका कारण क्षमा माग्न क्षमा पूजा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्यसपछि पुस १ गते बुधबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै भक्तजनहरुका लागि मन्दिर खुला गरिनेछ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट पस्ने र निस्किने गरी दर्शनको व्यवस्था मिलाइएको छ ।

भन्दिर प्रवेश गर्दा र मन्दिर परिसरमा भक्तजनहरुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ ।तर अहिले नै मन्दिरभित्र विशेष पूजा, भजनलगायतका क्रियाकलाप भने गरिने छैन ।

मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने जारी नै रहेका थिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read