Home समाचार ​बझाङमा टिपर पल्टिदा दुई जनाको मृत्यु तीन जना घाइते

​बझाङमा टिपर पल्टिदा दुई जनाको मृत्यु तीन जना घाइते

२८ मंसिर, काठमाडौं । बझाङको तलकोट गाउँपालिकामा पर्ने किरकिट्यामा टिपर पल्टिँदा दुई जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चैनपुर–ताक्लाकोट सडकखण्डमा पर्ने किरकिट्यामा बा ३ क ६०० नम्बरको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा मनोज गाहा मगर र मनोज भट्टको मत्यु भएको प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । उनीहरु टिपरमा काम गर्ने मजदुर हुन् । टिपर सडकबाट झण्डै ६० फिट तल खसेको छ । गम्भीर घाइते उनीहरुलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपर चालक गोविन्द बिष्ट, सहचालक भरत धामी र मजदुर नेत्रबहादुर अधिकारी घाइते छन् । कच्ची र अप्ठ्यारो सडकमा तीव्र गतिमा चलाउँदा टिपर पल्टिएको अनुमान प्रहरीले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read