Home अन्तर्राष्ट्रिय अमेरिकामा भोलिदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिने

अमेरिकामा भोलिदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिने

अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन हुने भएको छ।

केहि समय अगाडी अमेरिकाले कोरोनाविरूद्धको खोप फाइजर–बायोनटेकलाई इमर्जेन्सी प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।
फाइजर-बायोएनटेकले विकास गरेको खोपलाई त्यहाँको खोप नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले शुक्रबार अनुमति दिएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा २४ घण्टाभित्र अर्थात शनिबार–आइतबार नै अमेरिकी नागरिकलाई खोप लगाउने घोषणा गरेका थिए।
उक्त खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।
खोप वितरणको जिम्मेवारी पाएको नियका प्रमुख सैनिक जनरल गुस्ताभ पेर्नाका अनुसार खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइनेछ।

अमेरिकामा कोरोनाबाट ३ लाख पाँच हजार ८२ अमेरिकीको ज्यान गइसकेको छ भने संक्रमितको संख्या एक करोड ६५ लाख ४९ हजार भन्दा धेरै पुगेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read