Home समाचार ​कलंकी दुर्घटना : ट्रकले किचिएको अवस्थामा थप एकको शव फेला

​कलंकी दुर्घटना : ट्रकले किचिएको अवस्थामा थप एकको शव फेला

२७ मंसिर काठमाडौ ।  शुक्रबार साँझ ब्रेक फेल हुँदा थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । शनिबार बिहान दुर्घटनाग्रस्त ट्रक निकाल्ने क्रममा किचिएको अवस्थामा थप एकजनाको शव फेला परेको हो । फेला परेको व्यक्तिको पहिचान खुलेको छैन ।  प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेला हुँदा घरभित्र छिरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार ट्रकले किच्दा ओखलढुंगा घर भएका ३० वर्षीय शंकर दमाई (परियार) को घटनास्थलमै र रञ्जित कुमार चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read