Home समाचार ​थप ८९९ मा कोरोना संक्रमण, १५ को मृत्यु

​थप ८९९ मा कोरोना संक्रमण, १५ को मृत्यु

२७ मंसिर काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा  थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।  पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read