Homeफिल्मबलिउडचर्चित बलिउड कोरियोग्राफर रेमोलाई हृदयघात

चर्चित बलिउड कोरियोग्राफर रेमोलाई हृदयघात

चर्चित बलिउड कोरियोग्राफर तथा फिल्ममेकर रेमो डिसुजालाई शुक्रबार दिउँसो २ः३० बजे हृदयघात भएको छ । हृदयघात भएपछी उनलाई कोकिलाबेन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको एन्जियोप्लास्टी सर्जरी गरिएको बताइएको छ ।

रेमो मुटुबाट ‘ब्लकेज’ हटाएर उनलाई आईसीयूमा सारिएको छ । रेमोसँग उनको पत्नी लिजेल साथमा रहेकी थिइन् । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४६ वर्षीय रेमो अहिले ठीक रहेको र उनको स्वास्थ्य सुधारउन्मुख रहेको ट्रेड एनालिस्ट कोमल नाहटाले पनि ट्वीटरमार्फत जानकारी दिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read