Home समाचार प्रचण्डको आज ६६ औं जन्मदिन

प्रचण्डको आज ६६ औं जन्मदिन

पुर्व प्रधानमन्त्री एवम् नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट ६६ वर्ष पूरा भएका छन् ।

पिता मुक्तिराम र माता भवानीका जेठो छोराको रुपमा दाहाल विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा जन्मिएका थिए।

प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिए त्यसपछी उनले २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–२०३३ मा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्मको अध्ययन गरेका छन् ।

कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read