Home म्युजिक भिडियो गायक समीर आचार्य र अप्सरा घिमिरेको हतारमा आर्यान र बर्षा

गायक समीर आचार्य र अप्सरा घिमिरेको हतारमा आर्यान र बर्षा

नेपाली गीत संगीत क्षेत्रमा थुप्रै हिट गीत दिएका गायक समीर आचार्यको मंगलबार नयाँ गीत “हतारमा” सार्वजनिक भएको छ।

स्वरमा समिरलाई गायिका अप्सरा घिमिरेले साथ दिएकी छिन।गीतमा शब्द तथा संगीत पनि गायक समिरकै रहेको छ।

आर्यान सिग्देल र बर्षा रावत अभिनित यस गीतको निर्देशन सान थापाले गरेका छन भने कोरियोग्राफी राजिव समरको रहेको छ। गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन।भिडियोमा बाबा एजुकेशन र आरकेएस अष्ट्रेलीयाको लगानी रहेको छ।गीत 8K Everest Motion Pictures युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

“पिच रोड”,”मेरो दुनियाँ बेग्लै छ”,”हैन भन्देउ न”, “घाममा सुकाईदेउ”,”चट्ट सलाम छ” जस्ता हिट गीत दिएका गायक समीर आर्चाय पछिल्लो केही समयदेखी नेपाली गीत संगीतमा जमेर लागेका छन र हिट गीत दिन पनि सफल रहेका छन।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read