Home अन्तर्राष्ट्रिय मोदी सरकारविरुद्ध भारतीय किसान सडकमा, आज भारत बन्द

मोदी सरकारविरुद्ध भारतीय किसान सडकमा, आज भारत बन्द

आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्। मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान १२ दिनदेखि आन्दोलनमा छन्। किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन्।

यसै क्रममा उनीहरूले मंगलबार भारत बन्दको घोषणा गरेका हुन्। आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्। किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ। चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।’ उनका अनुसार आज दूध(सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ। तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन।

यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन्। सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए।
सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन।सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन। सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ। सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसानले तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

सरकारसँग उनीहरूको अर्को वार्ता भोलि बुधबार हुनेछ। बीबीसी हिन्दी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read