Home समाचार आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिदै

आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिदै

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज मंगलबार सार्वजनिक गर्न लागिएको हो ।

नापी विभाग महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबार प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तत्गा निर्देशक समिती तहमा छलफल भैइ सगरमाथाको उचाई सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको छ।
चीन र नेपाल दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने भएको छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।

दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । स्रोतका अनुसार सगरमाथाको उचाई बढेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read