Home फिल्म सेलिब्रेटी दोस्रो बिवाहा गर्दै हास्य कलाकार मनोज गजुरेल

दोस्रो बिवाहा गर्दै हास्य कलाकार मनोज गजुरेल

हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने बताएका छन्।
एपी वन टेलिभिजनको कार्यक्रम तमसो मा ज्योतिर्गमय मा कुराकानी गर्दै गजुरेलले आफूले छिट्टै नै बिहे गर्न लागेको कुरा बताएका हुन् ।

‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिंदै छौं। अहिलेलाई यति मात्र भनौं’ उनले भनेका छन् ।

उक्त कार्यक्रममा दोस्रो बिवाह हुने कुरा बताए पनि को सँग बिवाह हुने र कहिले बिवाह भन्ने बारेमा भने केही खुलाएनन् ।

कलाकार गजुरेल र मीना ढकालले ३ बर्ष अघि सहमतिमै सम्बन्ध विच्छेद गरेका थिए।

उनीहरु ३ वर्ष पहिले २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै अलग अलग बस्दै आएका थिए । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read