Home समाचार गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

१८ मंसिर, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको उनले बताए ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । किराना पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुबा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read