Home समाचार भोको पेटलाई सडकमा पुगेर आफै खाना खुवाउदै एलिजा

भोको पेटलाई सडकमा पुगेर आफै खाना खुवाउदै एलिजा

देश लकडाउनमा भएको करिब ६-७ महिना भयो।कोरोना महामारिको कारणबाट महिनौदेखिको यो लकडाउनले अब चाहिँ रोग संग भन्दा भोक संग डराउने अवस्था सिर्जना गर्न थालेको छ।कैयौं ले रोजगारी गुमाए,कैयौंले ब्यापार घाट बेहोरे।बिहान काम अनि बल्ल माम हुनेलाई चाहिँ बिचल्ली नै पारेको छ।

बिगत केही हप्ताको निषेधाज्ञाले काठमाडौं उपत्यकामा यी समस्या भोगेका कैयौं मानिहरुको खानाको जोहो गर्न पुरानो बसपार्कमा देखिने गर्दछन। केही दिन देखि विभिन्न स्वयंसेवी तथा केही समूह मिलेर भोकमा भोजनको ब्यवस्था गरिरहेका छन। यहि क्रममा नायिका तथा मोडल एलिजा गौतमले आज आफै पुरानो बसपार्क पुगेर खाना बितरण तथा केही नगद हस्तान्तरण गरेकी छिन।

मंगलबार, त्यहाँ पुगेर एलिजा आफैले खाना बाँडेर “हन्ड्रेड ग्रुप”का संस्थापक अंशु यादवलाई २० हजार रुपैयाँ हस्तान्तरण गरिन् । आर्थिक सहयोग गर्न एलिजालाई मेलवर्नमा रहेकी बर्षा केसी र हिमाल श्रेष्ठले सहकार्य गरेका छन् ।
पछिल्लो समयमा चर्चित म्युजिक भिडियोहरुमा देखिएकी नायिका समासेवामा पनि उत्तिकै रमाउने गर्छिन।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read