Home समाचार कमेडी च्याम्पियन सिजन २’को अडिसन आजबाट सुरु

कमेडी च्याम्पियन सिजन २’को अडिसन आजबाट सुरु

‘कमेडी च्याम्पियन सिजन २’को अडिसन आजबाट सुरु भएको छ । कोरोना महामारीका कारण आयोजकले यस पटक डिजिटल अडिसन खुल्ला गरेको हो । अडिसन यही भाद्र १५ बाट बाट खुल्ला भएर आगामि असोज १४ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा सहभागीताका लागि प्रतियोगीले कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोग गर्नु पर्ने हुन्छ । यसरी अपलोड भएको भिडियो मध्येबाट कमेडी च्याम्पियनले उत्कृष्ट छानेर रियालिटी सोमा भाग लिने अवसर दिने आयोजकले जनाएको छ ।

सिजन १ जस्तै  यो पटक पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै रहेका छन् भने होष्टको जिम्मा अभिनेत्री रीमा विश्वकर्माले नै पाएकी छन् । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए । यो पटकको कमेडी च्याम्पियनकान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read