Home म्युजिक भिडियो नाजिरले जेबिका लाई गुलेली हान्दै

नाजिरले जेबिका लाई गुलेली हान्दै

लकडाउन केही खुकुलो भएसंगै केही चलाएमान भएको नेपाली म्युजिक क्षेत्र उपत्यका लगाएत विभिन्न क्षेत्रमा कोरोना को बढ्दो संक्रमण पछि धेरै जसो गीतका छायांकन रोकिएका छन तर उपत्यका लागाएत अन्य क्षेत्रमा निषेधाज्ञा जारी हुनुभन्दा अगाडी नै छायांकन भएका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रममा छन।यसैबीच मेलिना राई र किरन भुजेल द्वारा स्वरबद्ध अनि नाजिर हुसेन र जेबिका कार्कीद्वारा अभिनित नयाँ म्युजिक भिडियो ” गुलेलीमा” सुनौली तारा नामक युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ।

सुनौलो ताराको प्रस्तुति रहेको यस म्युजिक भिडियोको निर्देशन सान थापाले गरेका छन भने कोरियोग्राफी राजिव समरको रहेको छ।तारा अधिकारीको शब्द अनि दिपक शर्माको संगीत रहेको यस गीतको एरेन्ज साहास शाक्यले गरेका छन।

यो भन्दा अगाडी कैयौं म्युजिक भिडियो निर्देशन गरेका निर्देशक थापा लकडाउन खुकुलो भएसंगै सम्पुर्ण सुरक्षाविधि अपनाएर सुटिङ गरिएको यस गीतले कोरोनाको त्रासमा रहेका सम्पुर्णमा केही मनोरञ्जनको आभास दिलाउला भन्ने बिश्वासमा रहेका छन।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read