Home म्युजिक भिडियो कोरोनाको कारण "बले"ले रोके करिब आधा दर्जन म्युजिक भिडियोको सुटिङ

कोरोनाको कारण “बले”ले रोके करिब आधा दर्जन म्युजिक भिडियोको सुटिङ

बिगत केही महिनादेखि नेपाल मात्र होईन विश्व कोरोना महामारीबाट त्रसित छ।करिब ४ महिनाको लकडाउन पछि बिस्तारै नेपालमा कोरोना सन्क्रमितको संख्या घटेसंगै सरकारले अलिकती लुजडाउन गरेको थियो। महिनौ देखि ठप्प गीत संगीत क्षेत्र केही चलायमान हुन आटेको थियो।

यसै बिचमा सम्पुर्ण सुरक्षाविधि अपनाएर सुरक्षीत भै थुप्रै म्युजिक भिडियो सुटिङ भयो केही रिलिज भैसके केही रिलिज हुने तयारिमा छ्न।बन्दाबन्दिको समयमा दर्शक श्रोतलाई मनोरञ्जन पनि भयो।अझै धेरै नै म्युजिक भिडियोहरु छायांकन भैरहेका थिए र हुने क्रममा थिए।

तर पछिल्लो समयमा उपत्यका लगाएतका नेपालका विभिन्न क्षेत्रमा बढिरहेको सन्क्रमित संख्याले गर्दा सरकारले उपत्यकामा लगाएत विभिन्न ठाउँहरुमा निषेधआज्ञा जारी गरेको छ।खुल्ला स्थानमा मान्छेहरु जम्मा हुन, भिडभाड गर्न,सभा जुलुस गर्न,भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न लगाएतका विभिन्न कुराहरु निषेध गरेको छ।

यसै बिच सरकारले निर्णयलाई पुर्ण समर्थन गर्दै तत्कालका लागि तय भैसकेका करिब आधा दर्जन गीतको छायांकन पनि नगर्ने अहिलेका चर्चित मोडल सागर लम्साल क्षेत्री “बले” ले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन। उनी भन्छन “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, म्युजिक भिडियो छायांकनका लागि धेरै जनशक्तिको आवश्यकता पर्दछ,सामाजिक दुरि अपनाएर पनि छायांकन गर्न मुस्किल हुने भएकाले तत्कालका लागि छायांकनमा नजाने निर्णय लिएको हुँ।”

कोरोनाको बढ्दो कहरमा सबैजना अत्यावश्यक काम बाहेक बाहिर ननिस्क्कौ,मास्क लागाऔं र सामाजिक दुरि कायम गरौं।
नआत्तिनुहोस सुरक्षीत रहनुहोस🙏

https://youtu.be/Vm8dk1I54fM

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read