नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा आफुहरु सहभागी नहुने निर्णय गरेको छ।
कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएसंगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा चैत २० देखि शिक्षक सडक आन्दोलनमा छन्।
सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ।