रविले उच्चबिरुद्द गरेको निबेदनमा सुनुवाई जारि

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्धको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ जारी रहेको छ। चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा पठाउन आदेश दिएको थियो।  लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा ७३ त्रिहतर नम्बर निवेदन दर्ता भएको थियो।

यसअघि जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *