प्रचण्ड भनछन् , ‘ हत्याको कुरा छोडनुस मैले अहिलेसम्म एकजनालाइ कुटेको पनि छैन

नेकपा माओबादी केन्द्रका अध्यक्ष्य पुष्प कमल दाहाल प्रचण्डले  इतिहासलाई पछाडितिर धकेल्न चाहनेले आफुलाई ‘१७ हजारको हत्यारा’ भनिरहँदा पार्टी निकट नेता–कार्यकर्ताले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले १७ हजार मानिस युद्धको नियम अनुसार मारिएको उल्लेख गरेका छन्।  उनले  ‘१७ हजार मानिस प्रचण्डले मारेको’ भन्ने आरोपको खण्डन  समेत गरेका छन् । उनि भनछन्  “राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर, के यो आरोप सत्य हो त ?  “१७ हजार माओवादीले, अझ आजभोलि त प्रचण्डले भन्ने, मैले एकजनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् ।”
तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण विषयको जिम्मा लिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *