उर्जामन्त्रि दीपक खड्का भन्छन, ‘एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले अब लोडसेडिङ हुदैन

ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका छन्।

उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्  । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिएका छन्  ।

प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *