एउटा टिकटक भिडियोले परिवर्तन गर्यो यी युवतीको भाग्य, कुचिकारबाट रातारात बनिन मोडेल

भनिन्छ मानिसको भाग्य फेरिन समय लाग्दैन।।।

बैंककको सडक सफा गर्दै हिँड्ने एक युवती रातारात भाइरल बनेर चर्चित ब्रान्डहरूको मोडल बन्न सफल भएकी छन्।  यो घटना दुई सन्तानकी एकल आमा २८ वर्षीया नोपाजितको हो। रुसका फोटोग्राफर सेमयोनले उनलाई सडक सफा गर्दै गरेको बेला फेला पार्छन् । नोपाजितको प्राकृतिक सुन्दरताबाट मन्त्रमुग्ध बनेका सेमयोनले उनलाई थाहा नै नदिई टाढाबाट उनको तस्बिर खिच्न थाल्छन् । पछि, सेमयोन नोपाजितको छेउमा पुगेर आफूले खिचेको तस्बिर देखाउँदै उनको सुन्दरताको तारिफ गर्छन् । यो सबै कुराको भिडियो उनले आफ्नो माेबाइलमा रेकर्ड गरिरहेका हुन्छन् । पछि उनले यस भिडियोलाई टिकटकमा पोस्ट गरेपछि त्यो चाँडै नै भाइरल हुन्छ ।

त्यसपछि मिडिया र मोडलिङ एजेन्सीहरूले उनको खोजी गर्न थाल्छन् ।
थाइल्याण्डका विभिन्न मिडियाहरूसँगको कुराकानीमा उनले आफू एक वर्षदेखि कुचीकारको काम गर्दै आएको बताएकी थिइन् । आफ्नो कामबाट सन्तुष्ट रहेको उनको भनाई थियो ।

उनी यति भाइरल बनिन् कि , चर्चित थाई मेकअप आर्टिस्ट चाटचाईले उनलाई निःशुल्क मेकओभरका लागि प्रस्ताव राख्छन् । उनले एउटा सामान्य कुचीकार युवतीलाई थाई चलचित्र आर्ट अफ डेभिल २ की पात्र पानोरको रूपमा परिवर्तन गरिदिन्छन् । त्यसपछि उनले चाटको कस्मेटिक ब्रान्डका लागि मोडलिङ गर्छिन  ।उनले हालै आफ्नो कुचीकारको काम छाडेर नयाँ करियरतर्फ ध्यान दिन लागेको घोषणा गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *